प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट: बागमति प्रदेशको जित


     एभरेस्ट आवाज    
     माघ १० गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

पृथु बास्कोटाको अर्धसतकको मद्धतमा बागमती प्रदेशले प्रदेश–२ माथि ६ विकेटले जित निकालेको छ।

जितसँगै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।

मूलपानीको मैदानमा प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८० रनको लक्ष्य बागमती प्रदेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल बन्यो। बागमतीका पृथु बास्कोटा ५३ रनमा नटआउट रहे।

विभात्सु थापा अर्धसतक बनाउन ३ रनले चुक्दा ओपनर आकाश थापाले ३२ रनको योगदान गरे। ईशान पाण्डे हरिशंकर शाहको बलमा बोल्ड हुँदा उनको नाममा २ किवेट रह्यो। यस्तै विशाल सुस्लिङ र कुमार थापाले १/१ विकेट लिए।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो। ७ विकेट गुमाउँदा ६९ रन जोडेको प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ६६ रनको पारी खेल्दै धरमराएको इनिङलाई सम्हाले।

राहुलप्रताप सिंहले २२ रनको योगदान गर्दा कुमार थापाले २२ रन जोडे। कप्तान सुरज कुर्मीले १३ रन जोड्दा सुधिर चौधरीले १५ रनको पारी खेल्दै पेवेलियन फर्किए।

बागमति प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट निकल्दा रामनरेश गिरीले २ तथा नन्दन यादव, विपिन आचार्य र तिलक भण्डारीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए।

जितसँगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ। समूह ‘बी’ ले अन्तिम ४ को ढोका बलियो बनाएको छ। शीर्ष स्थानको बागमतीले यसअघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश–२ को यो लगातार दोस्रो हार हो। प्रदेश–२ ले हालसम्म अंक जोड्न सकेको छैन।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।