प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा गण्डकी प्रदेश सहित ४ प्रदेशमा निर्वाचन हुने बताएका छन्।
प्रधानमन्त्री ओलीले वैशाखको १७ गते गण्डकी प्रदेश सहित प्रदेश–२, लुम्बिनी र सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने जानकारी दिएका हुन्।
सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने समेत बताए।
उनले भने,‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन। कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु।’
कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई चरणमा हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत उल्लेख गरे।
‘मुलुक निर्वाचनको तयारीमा लागेको छ। सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीले भने।
सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति तोकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







