महिला लिग फुटबल चार दिनका लागि स्थगित


     एभरेस्ट आवाज    
     माघ १० गते २०७७ मा प्रकाशित




काठमाण्डौंमा जारी महिला लिग फुटबलका बाँकी खेलहरु मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ। यसअघिको तालिकाअनुसार आज (शनिबार) विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल थियो।

यस्तै अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका थियो। तर, आज (शनिबार) का लागि तय गरिएका दुवै खेल स्थगित भएको एन्फाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।