पोखरा । पोखराको याम्दी र लामाचौर क्षेत्र जोड्ने गरी सेती नदी माथि निर्माणधिन मोटरवेल पुलको निर्माण कार्यमा ढिलाई भएको छ ।
२०७५ साउनबाट सुरु उक्त पुलले ३० महिनाको अन्तरालमा पुर्णता पाउनुपर्नेमा हालसम्म पनि आधा जसो काम हुन सकेको छैन।
पछिल्लो समय कोरोना भाइरस कोभिडका कारण निर्माणमा ढिलाई भएको निर्माण कम्पनी मृत सञ्जिवनी निर्माण सेवा प्रालिका गण्डकी प्रदेश व्यवस्थापक चिरञ्जिवी पोखरेलले स्वीकार गर्नुभयो । उहाँले चालु आर्थिक वर्षभित्रै सक्ने योजनाका साथ पछिल्लो समय निर्माण कार्यलाई तीब्रता दिईएको पनि बताए ।
पुल निर्माणमा अहिले दैनिक २५ देखि ३० मजदुर खटिएका छन् ।जसअन्र्तगत पुलको बीच खण्डमा फर्मा लगाउने(डन्डी बुन्ने) कार्य भइरहेको छ ।
कुल दुई सय टन क्षमताको उक्त पुल एक सय २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । पुलको दायाँवायाँ एक एक मिटर फुटपाथ निर्माण गरिनेछ ।जसको लागत १४ करोड छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







