पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पोखरामा सामान्य प्रभाव परेको छ ।
गत पुस २९ गते नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेता तथा कार्यकर्तामाथिको धरपकड तथा गिरफ्तारीको विरोध गर्दै नेकपाले बन्दको आह्वान गरेको हो ।
बन्दका कारण सार्वजनिक सवारी नचल्दा यात्रुहरुलाई समस्या भएको छ भने निजि सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । शनिबार भएकाले पनि विद्यालय, पसल, कलकारखानामा भने बन्दको प्रभाव खासै नपरेको हो । यस्तै लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा गन्तब्यमा जान हिँडेका यात्रुहरु भने बाटोमै अलपत्र परेका छन् ।
कास्कीमा बन्दको प्रभाव सामान्य परेको भएपनि शान्ति सुरक्षाका हिसावले हालसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले एभरेष्ट आवाजलाई जानकारी दिए ।
प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान दिँदै विभिन्न चोक तथा क्षेत्रहरुमा ससस्त्र प्रहरी, नेपाल प्रहरी गरि झण्डै सात सयको संख्या सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता हमालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट…







