साङ्केतिक तस्विर
स्याङ्जा । स्याङ्जाको एक सिरक डसना उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
जिल्लाको वालिङ–१० भकुण्डे भन्ने स्थानमा टिकाराम पाण्डेले सञ्चालन गरेको सिरक डसना उद्योगमा आइतबार दिउँसो १२ : ३० बजे विद्युत सर्ट भई आगलागी हुँदा सो क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
विद्य्ुत सर्ट भएर सल्केको आगो प्रहरीको र स्थानियको सहयोगमा निभाउन सफल भएको प्रदेश प्र्रहरी कर्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
थिङका अनुसार आगलागीबाट सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा एघार लाख बराबरको क्षति भएको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान शुरु गरेको पनि प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







