डिफेन्डिङ च्याम्पियन बगर भाइखलकले हेटौडामा जारी ‘भेट्रान्स एट ए साइड फुटवल’को उपाधी जितेको छ।
चौथो संस्करणको उपाधी विजेता समेत रहेको सानो गौचरन नाइट किङ भेट्रान्स क्लवलाई शनिवार सम्पन्न छैटौ संस्करणको फाइनलमा १–० ले हराउँदै बगर भाइखलकले उपाधी रक्षा समेत गरेको छ।
बगर भाइखलकका मनोज गुरुङले गरेको एकमात्र गोलले टोलीलाई उपाधी रक्षा गर्न प्रर्याप्त रह्यो। एपाधिसँगै बगर भाइखलकले १ लाख १ हजार १ सय ११ र उपविजेता सानो गौचरन नाइट किङ क्लबले १५ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जित्यो।
निर्धारित ३०÷३० मिनेटको खेलमा मनोजले खेलको दोश्रो ४० औं मिनेटमा गोल गरेका थिए। कप्तान चन्द्र गुरुङ ‘इस्वर’को पासमा मनोजले गोल गरेका थिए। कप्तान चन्द्र ‘म्यान अफ दि म्याच’ बने।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







