पोखरामा घरको ताला फोरेर चोरी गरेको आरोपमा एक पक्राउ


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराबाट चोरीका सामान सहित एक यूवक पक्राउ परेका छन् ।

गत माघ ६ गते पोखरा महानगरपालिका – ५ धारापानी मार्गकी गिता भुजेलको कोठाबाट सुनका गहना तथा नगद चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले किशोर शर्मालाई चोरीका सामान सहित पक्राउ गरेको जनाएको छ ।

पर्बतको कुश्मा नगरपालिका–११ घर भई पोखराको विजयपुर बस्दै आएका २६ वर्षिय शर्मालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका शर्माले मंगलबार दिउँसो १२ :३० बजे धारापानी मार्गमा डेरा गरि बस्दै आएकी गिता भुजेलको कोठाको ढोका फोरेर दराजमा रहेका औंठी, सिक्री, मंगलसुत्र तथा नगद चोरी गरेको आरोपमा बैदामबाट खटिएको प्रहरीले उनलाई पोखरा–५ पस्र्याङबाट अनुसन्धानका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका पबक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

चोरी गरिएका गहनासहित पक्राउ गरिएका किशोरविरुद्ध चोर तथा डाँका सम्बन्धी कसुर (नकबावी चोरी) मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइको प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।

उनको साथबाट प्रहरीले बरामद गरेका सामानहरु :

१. हरियो पोते सहितको सुनौलो रंगको ३९.४ लाल तौलको छड्के तिलहरी -थान १
२. रातो पोते सहितको सुनौलो रंगको ८७.१ लाल तौलको मंगल शुत्र – थान १
३. रातो पोते सहिको सुनौलो रंगको २.४ लाल तौलको सानो तिलहरी – थान १
४. रातो पोते सहितको सुनौलो रंगको १४.५ लाल तौलको माईली तिलहरी – थान १
५. रातो पोते सहिको सुनौलो रंगको सानो २५ लाल तौलको मंगल शुत्र – थान १
६. सुनौलो रंगको ५ लालको छापे औंठी – थान १
७. सुनौलो रंगको ६९.५ लाल तौलको सिक्री – थान १
८. सुनौलो रंगको सानो १० लाल तौलको मुन्द्रा -थान १
९. ग १३ प ३७४७ नं. रातो WEGO स्कुटर – थान १
१०. फलामको रड – थान १
११. कम्पास जस्तो देखिने फलामको टुक्रा – थान १
१२. मोबाईल सेट -थान २


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।