कोरोना अपडेट : गण्डकी प्रदेशमा एक सातामा २९१ कोरोनामुक्त


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा एक साताको अवधीमा २९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोही अवधीमा २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत हप्ता एक हजार ४७५ जनामा गरिएको पिसिआर परीक्षणमा उनिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । सोही अवधीमा ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १०५ जनामा गरिएको पिसिआर परीक्षणमा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्य कास्कीका २३, बाग्लुङका ८, म्याग्दीका ३ र पर्वतका २ जना छन् ।

भने ४२ जना कोरोना भाइरस संक्रमणमुक्त भएको निर्देशनालयको कोभिड–१९ सम्बन्धी अध्यावधिक विवरणमा भनिएको छ ।

यो सहित गण्डकी प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ३७४ पुगेको छ । तिमध्य १४ हजार ७१३ जना कोरोना भाइरसमुक्त भएका छन् । प्रदेशमा हालसम्म २०३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

अब प्रदेशमा ५५८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । तिमध्य ४२४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म एक लाख २५ हजार ७८७ पिसिआर परीक्षण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।