महिला लिगः सावित्राको ह्याट्रिक मद्दतमा विभागीय एपीएफको सहज जित


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित




तस्बीरः एन्फा

राष्ट्रिय महिला फुटबल लिगमा एपीएफले विराटनगर महानगरपालिकालाई हराउँदै लगातार दोस्रो जित निकालेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफकी सावित्रा भण्डारीले ४ गोल गोल गरिन्। सावित्राले खेलको २५, ४२, ७४ र ८९ औँ मिनेटमा गोल गरिन्। प्रतियोगितामा सावित्राको यो लगातार दोस्रो ह्याट्रिक हो।

यस्तै, एपीएफका लागि अनिता केसीले २ तथा सरु लिम्बुले १ गोल गरिन्। जितसँगै एपीएफले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो।

विराटनगरको दुई खेलबाट १ अंक छ। पहिलो खेलमा विराटनगरले वालिङसँग बराबरी खेल्दै अंक बाँडेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।