१९ वर्षीया सृष्टि भारतको उत्तराखण्डमा एक दिने मुख्यमन्त्री बनिन्


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित




तस्बीर : एजेन्सी

भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको छ।

सृष्टिलाई २४ जनवरीका दिन हिँजो (आइतबार) राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो।

उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा आयोजित यस कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चलेको थियो।

रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टि एक दिनका लागि मुख्यमन्त्री बनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसअघि, सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो।

उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उद्देश्यले उनलाई मुख्यन्त्री बनाएको बताएकी छन्।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत पनि कार्यक्रममा सहभागी थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।