पत्रकार तथा तमुधिं नेपालका अध्यक्ष हुम तमु मातृशोकमा पर्नुभएको छ।
उहाँकी ममतामयी माता हरिमाया गुरुङको ८८ वर्षको उमेरमा सोमबार विहान सवा १ बजे निधन भएको हो। उहाँ १४ वर्षदेखि पक्षघात रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
स्व. गुरुङको ६ छोरा २ छोरी हुनुहुन्छ। उहाँको आज (सोमबार) रामघाटस्थित बौद्ध अर्घौ सदनमा अन्त्यष्टि गरिने कार्यक्रम रहेको हुम गुरुङले जानकारी दिनुभएको छ ।
एभरेस्ट मिडिया हाउस प्रालि परिवार स्व गुरुङको निधनप्रति दुःख व्यक्त गर्दछ। साथै स्व. गुरुङ गुरुङप्रति हार्दिक श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवारजन्प्रति समवेदना व्यक्त गर्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







