राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ।
सेमिफाइनलमा ३ विभागीय क्लबसहित बागमती प्रदेशले फाइनलका लागि खेल्नेछन्।
अन्तिम ४ मा स्थान बनाएको एपीएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, आर्मीले बागमती प्रदेशसँग भिड्नेछ । बुधबार पहिलो सेमिफाइनल खेल कीर्तिपुर मैदानमा एपीएफ र पुलिसबीच हुनेछ ।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
मूलपानी क्रिकेट मैदानमा पुलिसले प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ। एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।
सोमबारकै अर्को खेलमा एपीएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जीत निकालेको हो। ४ खेलबाट स्पष्ट जित निकालेको एपीएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गर्दा पराजित आर्मी उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







