चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार सनसनीपूर्ण पहिलो जत निकालेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।
चन्द्रपुरको जीतमा सविता राना मगरले ह्याट्रिक गर्दा रजनी थोकरले दुई, दीलकुमारी राना मगर र सनिता भोलानले एकरएक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्काइन्।
ह्याट्रिक पूरा गरेकी सविताले ५१ औं, ६९ औं र ७८ औं मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ निकै प्रतिस्पर्धामक बनेको थियो। पहिलो हाफमा काउन्टरमा पुगेको चन्द्रपुरले इन्जुरी समयमा मात्र खाता खोलेको थियो।
यस्तै रजनी थोकरले ४७ औं र सुनिता भोलानले ८५ औं मिनेटमा गोल गरे। यसअघि, पहिलो हाफमा चौदण्डीगढीले २३ औं मिनेटमा सुरुआती अग्रता बुनेको थियो।
प्रतियोगितामा मंगलबार विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच पहिलो र त्रिभूवन आर्मी क्लब र एपीएफ क्लबबीच दोस्रो खेल हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







