फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले न्यायलयको अपहेलना गरेकोमा कारवाही माग गरिएको दुई वटा मुद्दा दर्ता गरेको हो ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ ।
यही माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति गरेको ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणीको सर्वत्र आलोचना भएको छ ।
ओलीले अदालती बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गरेकाले अदालत र इजलाशसमेतको अपहेलना भएको दावी निवेदनमा गरिएको छ ।
प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै रिट निवेदकले ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







