काठमाण्डौं । शहीद सप्ताहको तेस्रो दिन धर्मभक्त माथेमाको सम्झनामा श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ । विगतका वर्षमा झैं यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस मनाउन शुरु गरेको छ ।
सप्ताहको तेस्रो दिन काठमाण्डौं नगरपालिकाले शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा सभाको आयोजना गरेको हो ।
माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर मृत्युदण्ड दिइएको थियो । विसं १९६६ आश्विन ९ गते पिता सुब्बा आदिभक्त र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाडौँको ओमबहालमा माथेमाको जन्म भएको थियो ।
राणा शासनविरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोपमा माधेमालाई माघ १३ गते सिफलको बकाइनाका रुखमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







