जुम्लाको गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट, २ दर्जन चौपाया मरे


     एभरेस्ट आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित




जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन्।

मंगलबार राति ७ बजेबाट सुरु भएको आगलागीमा २ दर्जन जति पशुचौपाया मरेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। क्षतिको अन्य विवरण भने आउन बाँकी छ।

आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्नसम्म २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।