तस्बीर: एन्फा
मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ।
बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन्।
यस्तै, अनु राई र सरिता शेर्पाले १÷१ गोल गरिन्। कुसुमले खेलको १२ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। कुसुमले काउन्टर अट्याकमा गोलरक्षक युनिशा राईसँगको वान भर्सेस वानको स्थितिमा गोल गरेकी थिइन्। कुसुमले ६३ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन्।
त्यसपछि, खेलको ७० औं मिनेटमा कुसुमले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै विराटनगरलाई ५–० को जित दिलाइन्। उनले काउन्टरमा गोल गरेकी थिइन्। जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ।
यसअघि, विराटनगरले पहिलो खेलमा वालिङसँग १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७–० ले पराजित भएको थियो। चन्द्रपुरको यो दोस्रो हार हो। चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ।
चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा भने चन्द्रपुर एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







