पोखराका छुट्टा–छुट्टै स्थानमा दुई जना मृत भेटिए


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित




पोखरा । पोखरामा बिहीबार दुई जना पुरुष छुट्टा–छुट्टै स्थानमा मृत फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१३ आर्वा अमलाचौरको सडकमा सोही स्थानका ५५ वर्षका एक पुरुष मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दिएको छ ।
मृत फेला पर्नेमा दधिराम परियार रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, कास्कीकै पोखरा महानगरपालिका–२४ का २८ वर्षिय विरञ्जन तिमिल्सिनाको पोखरीमा तैरिरहेको अवस्थामा शव भेटिएको जनाइएको छ ।

कास्कीकोट स्थित वडा कार्यालय अगाडी रहेको पोखरीमा घोप्टो अवस्थामा तैरीरहेको अवस्थामा उनको शव भेटिएको प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।