पृथ्वी होटल व्यवसायी समितिले आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ । समितिले विहीबार एक कार्यक्रम आयोजना गरी आफ्नो एघारौं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी चिनीमाया तामाङले केक काटेर कार्यक्रमको शुभारम्भ गरेपछि आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।
वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङले होटल व्यवसायमा विकृति, विसंगति हुने गरेको भन्दै त्यस्ता विकृति, विसंगति आफूले नसहने बताइन् । व्यवसाय स्वच्छ हुनुपर्छ,‘उनले भनिन्,‘व्यवसायीक रुपमा हुने यौनजन्य कृयाकलापलगायतका विकृति, विसंगति सह्य हुँदैन ।’
डिएसपी तामाङले आपराधिक कृयाकलाप अन्त्यका लागि प्रहरीलाई सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरिन् । त्यसका लागि सिसी क्यामरा जडान गर्न, आगन्तुकको अनिवार्य रुपमा परिचय खुल्ने डकुमेन्ट राख्ने, उमेर समूह खुलाउनेलगायतका कार्य गर्न आग्रह गरिन् । साथै उनले विद्यालय पोसाकमा आएकालाई होटलमा नराख्न तथा लागुऔषध प्रयोगलगायतका गतिविधि गरेमा तुरुन्त प्रहरीमा खबर गर्नसमेत व्यवसायीलाई आग्रह गरिन् ।
डिएसपी तामाङले नागरिकको सुरक्षाका लागि प्रहरी खटिने भन्दै कुनै समस्या आईहालेमा प्रहरीलाई सहयोग गर्नु व्यवसायी र नागरिकको दायित्व भएको बताईन् । सकभर समस्या नआउने गरी काम गर्नुस्,‘उनले भनिन्,‘तर समस्या आईहालेमा प्रहरी अनुसन्धानलाई असहयोग गर्ने, कानूनी झञ्झट भन्दै पन्छिने गर्नुहुँदैन, प्रहरीलाई सहयोग गर्ने, अनुसन्धानलाई सहयोग गरेर समस्या समाधानमा सघाउनु पर्छ ।’
समितिका अध्यक्ष हरिप्रसाद पाण्डे, बरिष्ठ उपाध्यक्ष बालकृष्ण निउरे, महासचिव महेश्वर ज्ञावालीलगायतले कोरोना भाइरसका कारण थलिएको होटल व्यवसायलाई पुनरुत्थान गर्नका लागि राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले व्यवसायी र प्रहरीको सम्बन्ध नङ र मासुको सम्बन्ध भएको बताउँदै यो सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताए ।
समितिका निवर्तमान अध्यक्ष कमलप्रसाद न्यौपानेले व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायी आफै सजग र सचेत हुनुपर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






