फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ सहित सात दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायलयको अवहेलना गरेको मुद्दाको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।प्रधानमन्त्री ओलीलाई किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।
प्रधानमन्त्रीले संसद विघटनको मुद्दामा भइरहेको बहसकै विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलनाको मुद्दा दर्ता गरेका थिए ।
प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







