पोखरामा कुकुरहरुको नि:शुल्क वन्ध्याकरण


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित




भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले सामुदायिक तथा घर पालुवा कुकुरमा नि:शुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्ध खोप कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रको आयोजनामा दुई दिनसम्म चलेको शिविरमा २९ वटा पोथी र ७ वटा भाले कुकुरको बन्ध्याकरण गरिएको कार्यक्रम संयोजक डा. सपना लक्ष्मी घिमिरेले जानकारी दिईन् ।
पोखरा १२ माटेपानी स्थित कार्यालय परिसरमा भएको शिविरमा पशु चिकित्सकहरु डा. सपनालक्ष्मी घिमिरे, डा. रिषभ गुरागाँई, डा. भरत रेग्मी, डा. मनोज विश्वकर्मा, डा. प्रेमलाल महतो, डा. शर्मिला कुमाल र प्राविधिकहरु माधव प्रसाद आचार्य, राज भारती र चिजा गुरुङ रहेको कार्यालय प्रमुख डा. शोभा शर्माले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।