निर्वाचन आयोगले (नेकपा) को दुबै पक्षलाई छलफलमा बोलायो


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज (शुक्रबार) छलफलका लागि बोलाएको छ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो।

निर्वाचनसम्बन्धी छलफल गर्न आज (शुक्रबार) बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५÷५ जनालाई बोलाइएको आयोग श्रोतले बताएको छ।

आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकतासम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन। आयोग स्रोतका अनुसार अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुनेछ ।

यसअघि, नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए। तर, आयोगले ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।