साहिल खड्काको ‘कान्छी’ सार्वजनिक


     रेजिना कटुवाल     
     माघ १६ गते २०७७ मा प्रकाशित




पोखरा । गायक साहिल खड्काको आधुनिक गिति एल्वम् ‘कान्छी’ शुक्रबार सार्वजनिक भएको छ ।

खड्काको आफ्नै यूट्युब च्यानल ‘साहित खड्का अफिसियल’बाट शुक्रबार सो गित सार्वजनिक भएको हो ।

सार्बजनिक गितमा खड्का स्वयम्को शब्द, संगित रहेको गितमा स्वयम् साहिल खड्का र अनु चौधरीको आवाज रहेको छ । निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा माया पिरतीको विषय बस्तुमा बुद्धि तामाङ, मेनुका प्रधान, बिक्रम श्रेष्ठ लगायतको अभिनय रहेको छ । रोमन बज्रचार्यको संयोजन रहेको गितमा बासुरीमा सोर्निम महर्जन, गितार सञ्जल भण्डारीले साथ दिएका छन् ।

विगत ७ वर्ष देखी नेपाली गित संगितको क्षेत्रमा क्रियाशिल खड्काले यस अघि ‘त्यो मनमा…’, ‘के यो माया हो…’, ‘कालो कोठी…’, ‘सरिमै लाउने…’ लगायतका गित सार्वजनिक भइसकेका छन् ।

गित संगितको क्षेत्रमा नयाँ पन ल्याउन चाहने गायक खड्काले यस पटक पूर्वेली लोक भाकालाई आफ्नै शब्दमा उतार्ने कोशिस गरेको बताए । उनले भने, ‘नेपाली गितसंगितको क्षेत्रमा केही नयाँ पन दिन खोजेको छु, पक्कै दर्शक स्रोताले मन पराईदिनुहुने छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।