पोखरामा आज ‘प्रतिगमनविरुद्ध’को नागरिक आन्दोलन

- अबपनि, नबोले भविष्यमा वाक स्वतन्त्रता नै धरापमा पर्ने स्थिति सिर्जना भएकाले प्रतिगमनविरुद्ध आवाज उठाउन जरुरी रहेको आन्दोलनको ठहर


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध पोखरामा आज (शनिबार) नागरिक आन्दोलनको आब्हन गरिएको छ।

काठमाडौंमा नागरिक आन्दोलन भइरहँदा पोखरामा पनि स्वतःंस्फूर्त रुपमा पहिलो पटक आन्दोलनको आह्वान गरिएको हो।

चिप्लेढुंगाबाट दिउँसो ३ बजेदेखि शुरु हुने आन्दोलन महेन्द्रपुल भीमसेन दाहालको शालिक अगाडि पुगेर अन्त्य गर्ने बताइएको छ। भिमसेनचोकमा पुगेर थोरै पुस्ताका अनुज पुस्ताबाट मन्तव्य हुनेछ।
आज पोखरामा गरिने भनिएको नागरिक आन्दोलन सार्वजनिक आन्दोल रहेको नागरिक पोखराका नागरिक अगुवा एवं साहित्यकार गनेश पौडेलले बताए।

‘प्रतिगमन र संविैधानिक कुविरुद्धको पोखरामा पहिलो पटक सार्वजनिक रुपमा आन्दोलको आब्हन गरिएको हो,’ पौडेलले अगाडि भने, ’आजको आन्दोलन ठूलो योजनबद्ध ढंगले आब्हन गरिएको होइन। सार्वजनिक रुपमा पहिलो पटकको आन्दोलन भएकाले सामाजिकस्तरका नागरिकहरु उपस्थित हुने कार्यक्रम हो।’

मन्तव्यहरु धेरै नहुने पौडेलले उल्लेख गरे। वक्ताका रुपमा जो सार्वाजनिक रुपमा लागेका अग्रज र अनुज पुस्ताहरुको आवाजहरु सुन्ने, सुनाउने कार्यक्रम रहेको पौडेलको भनाई छ।

‘विगतका नागरिक आन्दोलनहरुमा अग्रज पुस्ताकै मात्र सुन्ने गरिन्थ्यो,’ पौडेलले भने, ‘यस पटक भने अनुज पुस्ताको पनि कुरा सुन्ने भिन्न ढंगको कार्यक्रम राखेका हौँ। नागरिकहरुको उपस्थिति नै महत्वपूर्ण हो। प्रतिगमन र संवैधानिक कू को विरुद्धमा आवाजहरु जताततैबाट पनि आइरहेका छन्। ति आवाजहरुलाई पोखराबाट पनि सदर गर्ने कार्यक्रम हो यो पोखराको नागरिकस्तरको आन्दोलन।’

कार्यक्रममा उपस्थित नागरिकहरुबाट प्रतिगमनविरुद्ध सचेनात्मक कलात्मक प्रस्त्ती गर्ने कार्यक्रम रहेको पौडेलले उल्लेख गरे। पैडेलले भने, ‘कस्ता कार्यक्रम गरिने भनेर योजना बनिसकेको छैन। कार्यक्रममै उपस्थित भएपछि सहभागीहरुले त्यतिबेलै आफ्ना रचनात्मक प्रस्तुती गर्नुहुनेछ।’

आगामी दिनको आन्दोलन आजको आन्दोलनले निक्र्योल गर्ने पनि पौडेलले उल्लेख गरे। ‘आजको आन्दोलनको समीक्षा र आगामी आन्दोलनको तय पनि आजै गरिनेछ,’ पौडेलले भने।

‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’का लागि सामाजिक सञ्जालमार्फतसंयुक्त विज्ञप्ति जारी गर्दै साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देल, अनिकर्म, सुदर्शन पौडेल, निर्मला न्यौपाने, आस्था नेपाली र हेमन्त पहारीले आह्वान गरेका छन्।

ओलीको कदमले देशलाई अधिनायकवादतिर धकेल्दै लगेको भन्दै त्यसको विरुद्धमा आन्दोलनमा उत्रिन थालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अबपनि, नबोले भविष्यमा वाक स्वतन्त्रता नै धरापमा पर्ने स्थिति सिर्जना भएकाले प्रतिगमनविरुद्ध आवाज उठाउन जरुरी रहेको आन्दोलनको ठहर छ । उनीहरुले अबको आन्दोलन नितान्त नागरिकस्तरबाट शान्तिपूर्ण र गैरराजनीतिक हुनुपर्ने बताएका छन्।

विद्यार्थी शिक्षक, लेखक, समाजसेवी एवं देश र संविधानको चिन्ता गर्ने हरेक नागरिकहरु प्रतिगमनविरुद्धको आन्दोलनको हिस्सा हुने पनि विज्ञप्तिमा उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।