कतार टी-२० सिरिजका लागि बन्द प्रशिक्षणमा १८ खेलाडीको घोषणा, पारस, ज्ञानेन्द्र र सन्दीप बाहिर


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।

बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ।

यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा परेका हुन्। टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन्। कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ।

नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ।

हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा टी १० लिग खेलिरहेका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानेछन्। नयाँ प्रशिक्षकका रुपमा अस्ट्रेलियाका डेभ ह्वाटमोर आएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो। उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।