पोखराको विरौटामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा पोखरा आरोग्य आश्रम टुटुङ्गामा खाद्यान्न सामग्री सहयोग गरेको छ । कुष्ठ रोगीहरु आश्रित सो आश्रमलाई दाल, चामल,चिनि, चियापत्ति, आलु, प्याज, लुगाधुने सावुन, कपडा धुने सावुन, बिष्कुट, चाउचाउ, कपडा धुने सर्फ, ट्वाईलेट सफा गर्ने हरपिक, ब्रस, गेडागुडिलगायतका खाद्यान्न प्रदान गरेको सहकारीका अध्यक्ष लेखनाथ बरालले जानकारी दिए ।
सहकारीका अध्यक्ष बरालको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष गंगाधर पौडेल, निवर्तमान अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार कालीदास पौडेल, सचिव तीर्थराज आचार्यलगायत थिए ।
सहकारीले हरेक वर्ष वर्षिकोत्सवको अवसरमा सामाजिक कार्य गर्दै आएको सचिव तीर्थराज आचार्यले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







