पोखराकी चेली एलिना गुरुङले जितिन् मेघा रियालिटी शो ‘नेपाल स्टार’को उपाधि


     एभरेस्ट आवाज    
     माघ १८ गते २०७७ मा प्रकाशित




पोखराकी चेली एलिना गुरुङले मेघा रियालिटी शो ‘नेपाल स्टार’को उपाधि जितेकी छन्। यो उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार पारेकी छन्।

सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल स्टारको पहिलो विजेताको छनौट नेपाल टेलिभिजनबाट भएको हो।

देशभर गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका ४ उत्कृष्ट गायक/गायिकाबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट एलिना विजेता घोषित भएकी हुन्।

शनिबार बेलुका ६ बजेसम्म दर्शकहरुको भोटिङका आधारमा बिजेता घोषणा गरिएको थियो। अन्य ३ जना प्रतियोगिलाई जनही ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।