एभरेस्ट एफएमकर्मी दीलप्रसाद गुरुङ सम्मानित


     एभरेस्ट आवाज    
     माघ १८ गते २०७७ मा प्रकाशित




एभरेस्ट एफएमकर्मी दीलप्रसाद गुरुङ सम्मानित भएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जका प्राविधिक प्रमुख गुरुङ तमु सञ्चारकर्मी संघ नेपालद्वारा सञ्चालित ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार २०७७’बाट सम्मानित भएका हुन् । तमु सञ्चारकर्मी संघले पोखरामै आएर आईतबार एक कार्यक्रमकाबीच गुरुङलाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशीसहित फेटा, खादा र सम्मानपत्र प्र्रदान गरेको हो ।

उक्त पुरस्कारबाट पहिलोपटक रेडियो प्राविधिक सम्मानित भएको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।