कृषिमा आत्मनिर्भर बन्ने उद्देश्यले ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था गठन सुरु भएको छ । पर्वत जिल्ला मोदी गाउँपालिका १ ताङले, लौसीबोट र मोहोरीया क्षेत्रका करिव १ सय २ घर परिवारले कृषिमा आत्मनिर्भर बन्ने, कृषि पेशालाई मर्यादित बनाउने, स्थानीय उत्पादनलाई बजारीकरण गर्ने योजनाले अघि बढेको महासचिव राम गुरुङले जानकारी दिए ।
सहकारीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको प्रारम्भिक भेलाले बाँझो रहेको करिव २० हजार रोपनी जमीनमा प्याकेजमा खेती गरिने जनाएको हो । ज्येष्ठ सेयर सदस्य क्याप्टेन रामबहादुर गुरुङको प्रमुख आथित्यतामा भएको सभामा अधिबक्ता रोहितराज बास्तोलाले संस्थालाई आवश्यक पर्ने कानुनी सल्लाह दिएका थिए ।
सहकारीका महासचिव राम गुरुङले स्वागत गरेको सभामा उपस्थित ७८ जना सेयर सदस्यले आवश्यक पर्ने रकम लगानी गरेर पहाडी जिल्लाकै गौरवको कृषि योजना बनाएर छाडने बताएका थिए । लौसीबोट बहुउद्देश्यीय सहकार संस्थाका सचिव जुक्तमान गुरुङले स¬चालन गरेको सभामा पर्वत जिल्लाका अगुवा समाजसेवीको पोखरामा उपस्थिति रहेको थियो । प¬ारम्भिक भेलामा कृषि सहकारीले माटो परीक्षण गरी अलैची, टिमुर, अंगुर, सिल्टीमुर, क्वी लगायत फलफुलसँगै तरकारी बालीमा ध्यान दिने जनाएको छ । महासचिव राम गुरुङले भैसी, बाखा, कुखुरा लगायत कृषिजन्य पशुचौपाया पालेर उत्पादनमुखी सहकारी स्थापना गर्ने योजना सुनाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







