ने.रा.भू.पू.सैनिक तथा प्रहरी संगठन कास्कीको अध्यक्षमा शेरबहादुर


     एभरेस्ट आवाज    
     माघ १८ गते २०७७ मा प्रकाशित




नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन कास्कीको पाचौं अधिवेशनले वेलायती सैनिकका पूर्व नायक शेरबहादुर गुरुङको अध्यक्षतामा ३० सदस्यीय नया कार्य समिति चयन गरेको छ । अधिवेशनले ब्रिष्ठ उपाध्यक्षमा क्याप्टेन डेलबहादुर गुरुङ, उपाध्यक्षमा नायक शुकबहादुर खत्री, सचिवमा हवल्दार खमबहादुर केसी, सहसचिव वीरमाया गुरुङ, कोषाध्यक्षमा हवल्दार धीरबहादुर गुरुङ र सह–कोषाध्यक्षमा हवल्दार भक्तबहादुर गुरुङलाई चयन गरेको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज लालकाजी गुरुङले भूपू सैनिक तथा प्रहरीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भूतपूर्व सैनिक तथा प्रहरीहरुको समस्या समाधानका लागि संगठनले भूमिका खेल्ने बताए ।

संगठनका निवर्तमान अध्यक्ष क्याप्टेन धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सुबेदार मानबहादुर गुरुङ र कार्यक्रम सञ्चालन लेफ्टिेन्ट धर्मदत्त तिमिल्सिनाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।