डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् ।
डा. केसीले २ बुँदे माग अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।
डा. केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।’
डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनले संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नुपर्ने २ बुँदे माघ अघि सारेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को प्रथम साधारणसभा…





