काठमाण्डौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द÷हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ ।
निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित गर्ने र नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरित शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको ठाडो उलंघन हुने जनाएको छ ।
सो सञ्जालका अध्यक्ष नरेन्द्र डङ्गोलद्वारा जारी विज्ञप्तिमा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ विरुद्धका यस्ता कार्यले बालबालिकाको भविष्य र समाजलाई दूरगामी रुपमा नकारात्मक प्रभाव पार्ने भएकाले विधिसम्मत मागहरु वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





