साङ्केतिक तस्विर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज नेपाल बन्द गरेको छ । संवैधानिक निकायहरुमा बलमिच्याईं गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज नेपाल बन्द गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मुश्लिम आयोगलगायतका संवैधानिक निकायहरुमा नियुक्त गरेका थिए । असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्त गरेको विरोधमा आज नेपाल बन्द गरिएको नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले बताए ।
नेकपा प्रचण्ड–माधव समूहले विहान ५ बजेदेखि नै बन्द शुरु भएको बताएको छ । साँझ ६ बजेसम्म बन्द जारी रहने उसले बताएको छ । बन्दका समयमा सार्वजनिक तथा नीजि सवारी साधन चल्न नदिइने जनाइएको छ भने बजार, पसल, उद्योग, कलकारखनालगायत सम्पूर्ण कार्यालय ठप्प पारिने ईञ्चार्ज करणले जानकारी दिए ।
बन्दका समयमा परिक्षार्थीलाई छुट दिइने भएको छ । परिक्षामा सहभागि हुन जाने वा फर्किने परिक्षार्थी विद्यार्थी र उनको अभिभावकलाई सवारी साधन सञ्चालन गर्न दिइने ईञ्चार्ज करणले जानकारी दिए । त्यस्तै, एम्वुलेन्स, औषधी बोकेका गाडी, पानी, दूध बोक्ने गाडी, कुटनीतिक नियोग, पत्रकारलगायतलाई पनि सवारी साधन सञ्चालन गर्न दिइने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको…





