काठमाण्डौं गोंगबुमा ट्याक्सीमा आगजनी, ५६ जनालाई प्रहरीले लियो नियन्त्रणमा


     एभरेस्ट आवाज    
     माघ २२ गते २०७७ मा प्रकाशित




तस्बीर: एजेन्सी

काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्।

बिहीबार बिहान प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएकोा छ।

महानगरीय प्रहरी परिसरका अनुसार प्रदर्शनकारीहरूले आगजनी गरेर गएका हुन्। सो ट्याक्सी धादिङका खुम्बनारायण श्रेष्ठको हो । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।

प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेको थियो। संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो।

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५६ जनालाई नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरी परिसरले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।