तस्बीर: एजेन्सी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–दाहाल समूहले आज (बिहीबार) का लागि देशभर आम हड्तालको आब्हन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटन र संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताललाई निस्तेज पार्न सरकारद्वारा प्रहरी प्रशासनलाई कडा निर्देशन दिएको समाचार छ।
सरकारको निर्देशन पालना गरेको प्रहरी प्रशासनले राजधानी काठमाण्डौंलगायत देशभरका मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरी प्रशासनले बिहीबार बिहान सबेरै प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्तालाई धर पकड र गिरफ्तार गरेको छ।
प्रहरीले काठमाण्डौंको कलङ्कीबाट (नेकपा) नेतृ अष्टलक्ष्मी शाक्यसहित २७ जना कार्यकर्ता गिरफ्तार गरेको समाचार छ। प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो। प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जनाइएको छ।
नेकपाका युवा नेता दीपशिखाले गोंगबु क्षेत्रबाट पनि नेकपाका कार्यकर्ताहरु पक्राउ परेको जनााएका छन्। गोंगबु सामाखुसीबाट एकाबिहानै मिलन तमाङ, समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डे लगायतका युवाहरूलाई ओली सरकारले गिरफ्तार गरेको बताउँदै दीपशिखाले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन्।
गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो।
आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ। यस्तै, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन।
पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







