पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा प्रचण्ड–माधव समूहको नेपाल बन्द छिटपुट घटनाबाहेक शान्तिपूर्ण भएको छ । काठमाडौंलगायत केहि ठाउँमा सामान्य तोडफोड र आगजनी भएका छन् । बन्दकर्तालाई काठमाडौंलगायतका केहि क्षेत्रबाट प्रहरीले पक्राउसमेत गरेको छ ।

कास्कीमा भने बन्द शान्तिपूर्ण भएको छ । महेन्द्रपुलबाट एक जना बन्दकर्ता पक्राउ गर्नुबाहेक कास्कीमा अन्य घटना भएनन् । समग्रमा कास्कीको बन्द शान्तिपूर्ण रहेको आयोजक नेकपा प्रचण्ड–माधव समूहले जनाएको छ । बन्दका कारण विहीबार पोखरा बजार सुनसान रह्यो । उद्योग, कलकारखना, पसललगायत सम्पूर्ण क्षेत्र ठप्प भयो । सवारी साधन सञ्चालनमा आउन सकेनन् । बन्दकर्ताले परिक्षार्थी, एम्वुलेन्स, कुटनीतिक नियोग, पत्रकार, दूध, पानीलगायतका अत्यावश्यक सामग्री बोक्ने गाडीलाई सञ्चालन गर्न दिएको थियो ।
बन्दका समयमा महेन्द्रपुलबाट सो समूहका विद्यार्थी नेता विनायक तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको थियो । बन्दको समयमा आएको एउटा गाडीलाई रोक्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
बन्द सफल बनाउन नेकपा प्रचण्ड–माधव समूहका जिल्ला स्तरिय नेतादेखि कार्यकर्तासम्म सडकमा निस्किएका थिए । खास गरेर केन्द्रीय स्तरका नेताहरु विभाजित भएर चोक÷चोकमा खटिएका थिए ।
सो समूहले नेकपा केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ करणको नेतृत्वमा महेन्द्रपुल, प्रदेश सांसदसमेत रहेका नेकपा नेता रामजीप्रसाद बराल र कास्की सचिव बखानसिंह तमुको नेतृत्वमा पृथ्वीचोक, नेकपा गण्डकी प्रदेश सहईञ्चार्ज यशोदा सुवेदी, केन्द्रीय सदस्य श्रीनाथ बराल, प्रदेश सांसद तथा नेकपा नेता दीपक कोईरालाको नेतृत्वमा अमरसिंहचोक, नेकपा पोखरा महानगर कमिटी सचिव विश्वराज लामिछानेको नेतृत्वमा लेखनाथको तालचोक, नेकपा नेता गंगा पोखरेलको नेतृत्वमा पार्दी विरौटालगायतका क्षेत्रमा कमाण्ड सम्हालेर बन्द गराएका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







