समाधान दैनिकलाई दिएको धम्की प्रति प्रेस संगठन गण्डकीको ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     माघ २२ गते २०७७ मा प्रकाशित




पोखरा । पोखराको समाधान दैनिकको कार्यालयलाई बमले उडाइदिने धम्की प्रति प्रेस संगठन गण्डकीले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस संगठन गण्डकीले बिहीबार एक विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित कुनै समाचारमा चित्त नबुझेमा त्यसको खण्डन र कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै पार्टी विशेषको नाम लिएर दिइएको धम्की प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भनेको छ।

संगठनको गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कडा कारवाहीको माग समेत गरिएको छ ।

साथै मिडियामाथिको हस्तक्षेप रोक्न आग्रह गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि लाग्न आह्वान समेत गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।