मादी गाउँपालिकाको केन्द्र सार्न लागेको बिरुद्ध आन्दोलित संयुक्त संघर्ष समितिलाई नेपाली कांग्रेस कास्कीले ऐक्यवद्धता जनाएको छ । गाउँपालिकाको केन्द्र याङ्जाकोटबाट स्थानीय स्वायत्त शासन ऐन र राजनितीक सहमति बिपरित गाउँपालिकाले प्रदेश सरकारलाई सिफारिस गरेको बिरुद्ध शुक्रबार आयोजित बिरोध सभामा नेपाली कांग्रेसका नेता एबम् पुर्व कानुन मन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति कृष्णबहादुर केसी, नेपाली कांग्रेसबाट निर्वाचित मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, मादी ८ का वडाध्यक्ष यमबहादुर गुरुङ, मादी गाउँपालिका लेखा समिति संयोजक सरोज केसी, युवा नेताहरू मादी १ का देबीजंग गुरुङ, मादी २ का भोज बहादुर गुरुङ, मादी ६ का विशाल गुरुङ लगायतका नेताहरूको कार्यक्रममै उपस्थित भई एक्यवद्धता जनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व कानुन मन्त्री यज्ञ वहादुर थापाले कानुनसम्मत स्थानीय तहहरू पनि संचालन हुनुपर्ने भन्दै यस्तो गलत प्रवृतिका विरुद्ध सवै एक हुनुपर्ने वेला भएको वताउनुभयो ।
यस्तै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण वहादुर केसीले कांग्रेस गाउँपालिकाको केन्द्र याङ्जाकोटकै पक्षमा रहेको भन्दै आन्दोलन संयमित भएर गर्न र गाउँपालिका प्रमुखले वार्ताको लागि वातावरण गर्नुपर्ने बताए ।
यस्तै मादी ८ का वडाध्यक्ष एवम् प्रतिपक्ष दलका नेता यम वहादुर गुरुङले गाउँपालिकाको वैठकहरूमा छलफल नै नभएका विषयहरू निर्णय गरिएको भनि प्रचार गर्ने र प्रकिया बिपरित गाउँपालिकाको केन्द्र सार्न लागेको भन्दै आपत्ती जनाए ।
यसैगरि गाउँपालिकाका लेखा समिति संयोजक सरोज केसीले नेपाली कांग्रेसवाट निर्वाचित मादीका जनप्रतिनिधिहरू सदैव याङ्जाकोट केन्द्रको पक्षमा रहेको बताए ।
यस्तै नेकपा मादी ३ का अध्यक्ष जेम प्रसाद गुरुङले पार्टी निर्णय जे सुकै पनि आफु याङ्जाकोटको पक्षमा उभिने वताए । यस्तै संर्घष समितिका सल्लाहकार मीनबहादुर गुरुङले आफु पूर्व माओवादी भएता पनि अगामी निर्वाचनमा कुनै कम्युनिस्ट भोट माग्न आएमा आफुहरूले प्रवेश निषेध गरिने बताए ।
याङ्जाकोट संयुक्त संर्घष समितिका संयोजक नारायण गुरुङको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नेपाली कांग्रेस मादी गाउँपालिकाका सभापति देवीजंग गुरुङ, मादी ५ का वडाध्यक्ष रतन वहादुर गुरुङ, मादी ३ का वडाध्यक्ष मन बहादुर गुरुङ, याङ्जाकोट तमु समाजका अध्यक्ष चन्द्र वहादुर गुरुङ, युवा नेता अर्जुन गुरुङ, मादी १ का देवीजंग गुरुङ, मादी २ का भोज वहादुर गुरुङ, मादी ६ का विशाल गुरुङ, स्थानीय श्याम गुरुङ, रेनुका गुरुङ र खड्का गुरुङ लगायतले वोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





