पोखरामा शंकास्पद अवस्थामा महिला मृत फेला


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–३३ उपल्लो पुँडी बस्ने बमबहादुर पुनकी ४२ वर्षिया श्रीमती हरीमाया पुन मृत अवस्थामा फेला परेकी हुन् ।

गएराती आफ्नै घर भित्रको सुत्ने कोठामा सुतेकी उनी विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनी खाटमा मृत भेटिएको प्रहरीको भनाई छ ।

शंकास्पद अवस्थामा महिला मृत भेटिएपछि उनको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।