फाइल तस्विर
बागलुङमा लाईटर पड्केर आगलागी हुँदा २ तले घर जलेर खरानी भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर धाराखर्कका बुद्धविर कामीको ढुंगा माटोले बनेको २ तले कच्ची घर जलेर खरानी भएको हो ।
चुलो नजिक रहेको लाइटर पड्केर आगलागी हुँदा अचानक आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेको छ भने ११ वटा बाख्रा र ५ वटा कुखुरासमेत जलेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा परेर १४ वटा बाख्रा घाइते हुनुका साथै लत्ता कपडा र अन्नबालीसमेत जलेर नष्ट भएको प्रहरीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
घटनामा मानवीय क्षेति भने नभएको प्रहरीले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







