पोखराको सीतापाईलामा शुक्रबार साँझ गोली चल्दा एक जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ सीतापाईलामा पहिचान नखुलेका एक व्यक्तिले गोली चलाउँदा पर्वत मोदी ८ चित्रे घर भई पोखरा २३ कार्की तहरा बस्दै आएका ईलेक्ट्रिसियन काम गर्ने मनोज विक घाईते भएका हुन् । उनको दाहिने कोखा (पेट)मा गोली लागेको बताइएको छ ।
गोली विकको पेट वारपार भएर निस्केको प्रहरी श्रोत बताउँछ । उनलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । घाईते विकको उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ ।
गोली प्रहार गर्ने व्यक्ति भने फरार रहेको छ । उनको खोजी भइरहेको कास्की प्रहरीले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





