फाइल तस्बीर
राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) देखि दोस्रो चरणको खेल सुरु हुँदैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विहीबार प्रकाशित गरेको दोस्रो चरणको खेलमा आज (शनिबार) दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ।
पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्य ४ खेलमा जित र १ खेलमा हारका साथै १ खेल बराबरी खेल्दै १३ अंक जोडेको छ। आर्मी तालिकाको दोस्रो स्थानमा छ।
आर्मीले पहिलो चरणमा ३६ गोल गर्दा २ गोल खान पुगेको छ। उता पहिलो चरणमा एक खेल पनि नजितेको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढीले ६२ गोल खाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







