आज पनि गण्डकी प्रदेशलगायत अन्य स्थानमा हल्का वर्षाको संभावना


     एभरेस्ट आवाज    
     माघ २४ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

आज (शनिबार) पनि गण्डकी प्रदेश लगायत देशका अन्य स्थानहरुमा हल्का वर्षाको संभावना छ।

मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी प्रदेश लगायत देशका केही स्थानहरुमा वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ।

गण्डकी प्रदेशलगायत बागमती प्रदेशको एक/दुई ठाउँ, प्रदेश–१ को धेरै ठाउँहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना पनि रहेको छ । यस्तै, आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार आज देश पश्चिमी न्यून चापीय प्रणालीको प्रभावमा रहेको छ। महाशाखाले अहिले देशका हुनै स्थानमा आँशिक र कुनै स्थानहरुमा सामान्य बदली रहेको जनाएको छ।

यसैगरी, महाशाखाले आज दिउँसको मौसमको अवस्थाबारे जानकारी गराउँदै आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने संभावना रहेको जानकारी दिएको छ।

गण्डकी साथै प्रदेश प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका केही स्थानहरु एक वा दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ। राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानूमान गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।