पोखरामा ग्यास सिलिण्डर पड्किएर १ महिला घाईते


     एभरेस्ट आवाज    
     माघ २४ गते २०७७ मा प्रकाशित




पोखरामा खाना पकाउने ग्याँस पड्किएर १ महिला घाईते भएकी छन् । ग्यास लिक भएको अवस्थामा चुल्हो बाल्न लाईटर बाल्दा अचानक आगलागी भई ग्याँस सिलिण्डर पण्डिकएर पोखरा महानगरपालिका वडा नम्बर ३३ बहुमाराकी पद्माकुमारी थापा घाईते भएकी हुन् ।

बहुमारास्थित गण्डकीबेसीका धनबहादुर थापाको २ तले घरको किचन कोठामा राती ग्यास लिक भएको र विहान चिया पकाउनका लागि लाईटर बाल्ने क्रममा अचानक ग्याँस पड्किएर लाग्दा श्रीमती जलेर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ग्याँस सिलिण्डर पड्किदा प्दमाको शरीरमा आगो लागेर जल्न गई घाईते भएको प्रहरीको वुलेटिनमा उल्लेख छ । घाईते पद्मालाई तुरुन्तै उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिम क्षेत्रीय अस्पताल प्रहरीले बताएको छ । घाईते थापाको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

ग्याँस सिलिण्डर पड्किदा भान्छा कोठाको गाह्रो चर्किनुका साथै ढोका र झ्याल पूर्णरुपमा क्षति भएको तथा सो घरका अन्य कोठाको ७ वटा झ्यालको सिसासमेत फुटेको र भ¥याङको रेलिङमा समेत क्षति भएको प्रहरीले जनाएको छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।