नेपाल भारोत्तोलन संघका केन्द्रीय पदाधिकारीहरुले पोखरा भ्रमण गरेका छन्।
संघका उपाध्यक्ष एवं ओलम्पियन जगदीश प्रधान, सचिव तथा पूर्व खेलाडी कुमारमान श्रेष्ठ, सह–सचिव तथा पूर्व खेलाडी रामेश्वर श्रेष्ठ, सदस्य तथा पूर्व खेलाडी रत्नमान माली पोखरा आएका हुन्।
उनीहरुलाई कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बड्गामी, प्रथम उपाध्यक्ष उमेश सिके, उपाध्यक्ष रामजी घोजू, कोषाध्यक्ष उत्तममान उदास, सह–सचिव दिकबहादर (डीबी) राई, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमूख लक्ष्मण योगी र कास्की जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख प्रकाश बरालले पोखरा रंगशालामा स्वागत गरे।
कास्की जिल्ला भारोत्तोलन संघले पोखरामा संचालन गर्न लागेको भारोत्तोलसम्बन्धी तालिम सेन्टर र एकेडेमी भवन निर्माणका लागि आवश्यक जग्गा अवलोकनका लागि उनीहरु पोखरा आएका हुन्। उनीहरुले पोखरा रंगशालास्थित आर्चरी खेलसँगैको खाली जग्गाका लागि भारोत्तोलन खेलका लागि तालिम हल र पोखरा–१४, बाच्छीबुडुवास्थित स्थानमा एकेडेमी संचालनका लागि अवलोकन गरेका थिए।
साथै, संघका पदाधिकारीहरुले पोखरामा बन्द प्रशिक्षणमा रहेका भारोत्तोलनका राष्ट्रिय महिला खेलाडीहरुको प्रशिक्षणको निरीक्षण गरी र प्रशिक्षणबारे जानकारी समेत लिए।
जापानका हुने ओलम्पिक खेलका लागि नेपालबाट सहभागिता जनाउन लागेका भारोत्तोलनका दुई महिला खेलाडीहरु कमला श्रेष्ठ, (५९ केजी) र सञ्जु चौधरी (५५ केजी) ६ हप्ता अघिदेखि पोखरामा बन्द प्रशिक्षणमा छन्। उनीहरुलाई भारोत्तोलनका मुख्य प्रशिक्षक सञ्जय महर्जनले प्रशिक्षण गराइरहेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







