तस्बीरः एजेन्सी
गोरखाको लाप्राकस्थित गुप्सीपाखा गाउँमा बाक्लो हिउँ परेको छ।
एनआरएनएले बनाइदिएका घर हिमपातपछि सेत्ताम्मे देखिएका छन्।
गुप्सीपाखा २ हजार ७ सय मिटर उचाईमा छ। शुक्रबार र शनिबार यहाँ हिमपात भएको थियो। ०७२ को भूकम्पपछि लाप्राकीलाई एनआरएनएले यहाँ २ कोठाका घर बनाइदिएको छ। तर लाप्राकीहरू पुरानो गाउँ छाडेर यहाँ बसोबास गरिसकेका छैनन्।
शौचालय, नालीजस्ता पूर्वाधार निर्माणका काम सकिएका छैनन्। यहाँ एकै ठाउँमा करिब ६ सय घर छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







