स्याङ्जा । स्याङ्जाको वालिङमा सम्पन्न प्रथम वालिङ फुटसल कपको उपाधि बगर भाईखलक पोखराले जितेको छ ।
वालिङ नगरपालिका ९ तल्लो वालिङमा सम्पन्न फाईनल खेलमा टिम वालिङ फुटसललाई ३–० गोल अन्तरले पराजित गर्दै भाईखलकले उपाधि जितेको हो ।
उपाधिसँगै बगर भाईखलकले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने उपबिजेता बनेको आयोजकले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै प्रतियोगिताबाट तेस्रो र चौथो बनेको वालिङ स्पोर्टस् सेन्टर टिम ‘ए’ र ‘बी’ ले क्रमश ७ हजार र ५ हजार प्राप्त गर्याे ।
यसअघि प्रतियोगिताको फाईनल खेलमा भाईखलकलाई उपाधि जिताउनका लागि आकाश थपलिया, सुदिप पाठक र प्रशन्न श्रेष्ठले समान एक÷एक गोलको योगदान दिएका थिए ।
तल्लो वालिङमा दोस्रो फुटसलको रुपमा गत शुक्रबारदेखी सञ्चालनमा आएको वालिङ फुटसलले आयोजना गरेको उक्त प्रतियोगितमा कुल १६ टिमको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







