पोखरा । भलिवलका पुर्व राष्ट्रिय खेलाडी उदय वहादुर वस्नेतको स्मृतिमा पोखरा १६ को हिमालय क्लवले अक्षयकोष स्थापना गरेको छ ।
क्लवका मानार्थ सदस्य समेत रहेका स्वर्गीय वस्नेतको स्मृतिमा क्लवले अक्षयकोष स्थापना गरी एक लाख एघार हजार एक सय एघार रुपैया प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिए ।
कास्की जिल्लामा रही भलिवलको विकासमा उत्कृष्ट योगदान पु्याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद दश हजार, सम्मान पत्रवाट पुरस्कृत गरिने सचिव प्रकास थापाले वताए ।
उक्त अक्षयकोषलाई व्यवस्थित रुपमा संचालन गर्ने गरी नियमावली वनाउन क्लवले कार्य समिति सदस्य एवं भलिवलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्र व. वस्नेतलाई जिम्मेवारी दिएको छ ।
खेल तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु्याएका स्वर्गीय वस्नेत भलिवलका पुर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला भलिवल संघका संस्थापक अध्यक्ष रहेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







