नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगितको संभावना


     एभरेस्ट आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित




आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल र अमेरिकाको क्वारेन्टिन खर्च नतिर्ने भएपछि सिरिज स्थगित हुने संभावना बढेको हो।

नेपाली खेलाडीले ओमानमा सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । क्यान स्रोतका अनुसार ओमानले ७ दिनको क्वारेन्टिन खर्च आईसीसीलाई तिर्न प्रस्ताव गर्दै आएको थियो। तर, आईसीसीले उक्त खर्च नबेहोर्ने बताएको छ ।

नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम थियो।

प्रतियोगिताका लागि ३ दिनदेखि पहिलो चरणमा ३१ खेलाडी नेपाली खेलाडीहरु बन्द प्रशिक्षणमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।